काभ्रे। आज बैशाख २६ गते (आइृतबार) काभ्रेमा ४० जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १५ महिला ६ पुरुष, धुलिखेल नगरपालिकामा ४ महिला ५ पुरुष, पनौती नगरमा १ महिला ३ पुरुष, पाँचखाल नगरमा १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला र नमोबुद्ध नगरपालिकामा १ महिला १ पुरष गरी ४० जनालाइ कोरोना पुष्टि भएको छ ।
आज काभ्रेमा ५ जनको मृत्यु भएको छ जसमा पनौतीको ८७ बर्षिए महिलाको बनेपा स्थित शिरमेमोरिल अस्पतालमा, धुलिखेलको ६२ बर्षिय महिलाको र धुलिखेलकै ५८ बर्षिय पुरुष र २७ बर्षिय पुरुषको होम आईसोलेसनमा र भक्तपुरको ७६ बर्षिय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १०९९ पुगेको छ । जसमा महिला ४९८ र पुरुष ६०१ रहेका छन् । उनीहरु मध्य ४६ जना अस्पतालको आईसोलेसनमा र १०५३ होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस