२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

पाँचखाल प्रमुख खरेलको निजी गाडी र नगरमा रहेका ३ गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने


२८८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २६, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमित दिनानुदिन बढ्दै गएपछि एम्बुलेन्सको अभाव भइरहेको बेला नगर प्रमुख महेश खरेलको निजी गाडी र नगरको ३ वटा गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागेको बताइएको छ ।

    नगर प्रमुख खरेलले एक अपिल जारी गर्दै नगरपालिकामा रहेको ४ वटा एम्बुलेन्सले नपुग हुने भएकोले आफूहरूले प्रयोग गर्दै आएको सबै गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागेको बताइएको छ । साथै आवश्यक परेमा प्रयोग गर्न सर्वसाधारणमा उनले अपिल समेत गरेका छन् ।

    विश्वमा महामारीको रूपमा देखा परेको कोरोना (कोभिड १९) नामको भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन अपनाउनु पर्ने सावधानीका उपायहरू सबैले अपनाई यस नगरलाई सुरक्षित राख्न मद्दत गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा म हार्दिक अनुरोध गर्दछु ।

    साथै पाँचखाल नगरवासीहरुलाई असहज परिस्थिति परेको कनै पनि अवस्थामा सहयोग, सदभाव, र सेवा उपलब्ध गराउनु नगरपालिका कार्यालय तथा जनप्रतिनिधहरुको प्रथम कर्तव्य रहेकोले यस विपत् र सङ्कटको घडीमा पाँचखाल नगरपालिकामा रहेका ४ (चार) वटा एम्बुलेन्सले सेवा दिन कठिनाइ परेमा नगरपालिका कार्यालयमा रहेको नगर प्रमुख महेश खरेलले प्रयोग गर्दै आउनु भएको बा. १. झ ९१०९ सरकारी स्कारपियो, उहाँकै बा.८.च.४२१० नं को निजी ल्याण्ड कुजर, उप–प्रमुख लक्ष्मी दनुवारले प्रयोग गर्दै आउनु भएको बा.१९.प.५६६८ नं को स्कारपियो, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आउनु भएको बा.२.झ. १४९४ सरकारी पिकअप गाडी कोभिड बिमारीहरूका लागी एम्बुलेन्सको रूपमा प्रयोग गरी सेवा उपलब्ध गराइने भएकोले आवश्यक सेवा लिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गर्दछु । साथै सहयोग गर्न इच्छुक कुनै व्यक्ति, सङ्घ, सस्ताहरूले यस नगरपालिकासँग सम्पर्क राख्नुहुन समेत अपिल गर्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार