२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

आज काभ्रेमा १४६ लाई कोरोना पुष्टि, आज सम्म सक्रिय संक्रमितको संख्या १५१८


४८०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित ५ साल अघि
  • काभ्रे। आज बैशाख २९ गते (बुधबार) काभ्रेमा १४६ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १२ महिला २२ पुरुष, धुलिखेल नगरपालिकामा १७ महिला २३ पुरुष, पनौती नगरमा १७ महिला १४ पुरुष, पाँचखाल नगरमा ११ महिला ९ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला ८ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ३ पुरष, रोशी गाउंपालीका १ पुरुष, चौरीदेउराली गाउंपालिका १ पुरुष र तेमाल गाउंपालीका २ पुरुष गरी १४६ जनालाइ कोरोना पुष्टि भएको छ ।

    आज काभ्रेमा ४ जनको मृत्यु भएको छ, धनगडी को ८० बर्षिय पुरुषको धृलिखेल अस्पतालमा, भक्तपुरका ५४ बर्षिय पुरुष धुलिखेल अस्पतालमा, काठमाडौका ६० बर्षिय पुरुषको धुलिखेल अस्पतालमा ललितपुरको ५२ बर्षिय महिलाको धुलिखे अस्पतालमा मृत्यु भएको थियो ।

    काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १५१८ पुगेको छ । जसमा महिला ६९४ र पुरुष ८२४ रहेका छन् । उनीहरु मध्य ४८ जना अस्पतालको आईसोलेसनमा र १४७० होम आइसोलेसनमा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार