२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रेमा जेठ १२ सम्म निषेधाज्ञा


२८९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ३ साल अघि
  • धुलिखेल/जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जेठ १२ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने भएको छ ।
    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आगामी जेठ १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी प्राप्त भएको छ ।
    कोरोना सङ्क्रमण दर बढ्न थालेपछि जेठ १२ सम्मको लागि थप गरिएको जानकारी प्राप्त भएको छ । निषेधाज्ञाको समयमा यसअघि निर्धारण गरिएको समयबाहेक कार्यालय सञ्चालनको हकमा थप कडाइ गरिएको छ । सो समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा लघुवित्त कम्पनी र बिमा समितिबाट इजाजतप्राप्त बिमा कम्पनीहरुले माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।
    निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सो समयमा सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्र र कार्यालयमा आउनुपर्ने पालो सूचीका आधारमा मात्रै आवतजावत गर्न पाउने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशन

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार