अशोक जंग दनुवार
काभ्रे, तेमाल । सुनकोशी नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई युवा मध्य एकको शव फेला परेको छ । जेठ १७ गते तेमाल गाँउपालिकाका युवाहरु नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
नदीमा दुई युवा वेपत्ता भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेड क्वाटर काभ्रे (पाँचखाल) प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) – महेश केसीको निर्देशनमा स.प्र.नि दिलिप बस्नेतको कमान्डमा बिपद व्यवस्थापन टोलि खटाई खोजिकार्य सुरु गरेका थिए ।
बेपत्ता खोजी गर्ने सोही क्रममा १८ गते बिपद उद्घार उपत्यका गणबाट स.प्र नि आशिष् गैडा को कमान्डमा स.प्र.ना.नि – रमेश थापा , जवान –मधु ओजा गोताखोर टोलि सहितको टिमले उक्त सुनकोसी नदिभित्र सर्च गर्ने क्रममा , स.प्र.स.ह – पारस खाम्चा र जवान संन्जिप कुमार मोक्तान दुई जना गोताखोरले २२ फिट गहिराई नदिभित्रबाट तेमाल गाउँपालिका – २ का २१ बर्षिय सुजित तामाङको शव निकाल्न सफल भएका छन् ।
सहायक हवलदार पारस खाम्चा आजसम्मको दर्जनौं घटनाहरुको सफल एवं साहसिक उद्घारकर्ता हुन । यो भन्दा अघिल्लोबर्षको घटनामा पनि यस नदिभित्रबाट उद्घारकार्य गरिसकेको बताउँछन् , त्यसैले सुनकोसी नदिको बहावको अनुभव भएको कारण उनलाई रेस्क्यु गर्न सजिलो भएको थियोे । एसपी केसीका अनुसार अर्का बेपत्ता तेमाल गाउँपालिका वडा नम्वर –३ का २२ बर्षिय दिलध्वज तामाङको खोजी कार्य जारी रहेको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस