२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

बनेपामा स्वास्थ्य चौकी शिलान्यास


२४४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • प्रदिप केसी
    काभ्रे । वनेपा नगरपालिका वडा नं ७ मा स्वस्थ्य चौकी भवन शिलन्यास भएको छ । स्वास्थ्य मन्त्रालयको नगर स्वास्थ्य कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त भवन निर्माण हुने भएको हो ।

    आज (सोमबार) वडा अध्यक्ष वर्ण शाक्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको थियो । १४ आना पर्ति जग्गा भएको बनेपा नपा ७, जगन्नाथ मार्गमा ४ आना जग्गामा ४ कोठे भवन निर्माण गर्न स्वास्थ्य मन्त्रालयबाट ६३ लाख रकम विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो । सोही समारोहमा वडा सदस्य अनिल भैल, रामप्यारी श्रेष्ठ, उपभोक्ता समिति, सल्लाहकार समिति वडा नं. ७ का उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    ९ सदस्य उपभोक्ता समितिको अध्यक्ष मोहन श्रेष्ठ, उपाध्यक्ष होमबहादुर श्रेष्ठ, सचिव दिककुमार मास्के, कोषाध्यक्ष महेश्वरी जंगम र सदस्यहरुमा मिना श्रेष्ठ, केदारप्रसाद न्यौपाने, ध्वजबहादुर कार्की, श्रविन्द्र चौप्रधान र प्रमोद कर्माचार्य रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार