२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

४० हजार घूससहित सहायक अधिकृत पक्राउ


४०५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ६, आईतबार मा प्रकाशित ५ साल अघि
  • धादिङ — सदरमुकामस्थित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई ४० हजार घूस रकमसहित पक्राउ गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । उजुरी निवेदनको आधारमा स्ट्रिङ अपरेसनमा कार्यालय प्रमुख पौडेललाई रंगेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले बताए ।

    ‘केही दिनअघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’, प्रवक्ता रिसालले भने, ‘त्यही मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगदसहित पक्राउ गरिएको हो ।’

    पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् । पौडेलले गत कार्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार