२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सडकमा वसेर महिलालाई यौनाङ्ग देखाउने युवालाई प्रहरी झ्याप


२५२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • गत असार ४ गते भक्तपुरस्थित एक रेडियोमा काम गर्ने महिला पत्रकार बिहान ६ बजेको समाचार पढ्न रेडियोतर्फ आउँदै थिइन् ।
    घरबाट निस्केर अरनिको राजमार्ग सूर्यविनायक नजिकै पुग्दा उनले नसोचको घटना भयो । एक युवकले उनलाई अभद्र व्यवहार देखाए । महिला पत्रकारले प्रतिकार गर्दै आफ्नो मोबाइल निकालेर तस्बिर लिन खोजेपछि युवक फरार भए ।
    त्यसपछि उनले प्रहरीमा उजुरी दिइन् । तर, त्यसपछि पनि भक्तपुरमा महिलाहरूमाथि हुने उक्त कार्य रोकिएन । अन्ततः असार १५ गते उजुरीमा उल्लेख भए अनुसारको हुलिया भएको युवक भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक भत्केको पाटीबाट पक्राउ परे ।

    रामेछाप सुनापती गाउँपालिका वडा नं. ५ रुपाकोट स्थायी घर भइ हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्दै आएको ३६ वर्षीय चमार सिं तामाङ पक्राउ परेका हुन् ।
    उनीविरुद्ध आदर्श चोकलगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेको महिलाहरुलाई अभद्र व्यवहार गरेको उजुरी समेत प्रहरीमा परेको थियो ।
    पीडित महिलाहरुका अनुसार मोटरसाइकलमा चढेर आएको व्यक्तिले चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा छुने, जिस्क्याउने लगायत हर्कत गर्थे ।

    पीडितका अनुसार एकान्त ठाँउमा भेटिने महिलालाई उनले आफ्नो यौनाङ्ग देखाउने लगायतका अनौठो हर्कतहरु गर्थे । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा पीडित महिलाहरुले विभिन्न मितिमा यस्ता क्रियाकलापहरू गरेको भनी हुलिया सहितको निवेदन दिएका थिए ।

    सोही हुलियाको आधारमा कसूरदार व्यक्ति खोजतलास गर्न महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी अधिकृत सहितको टोली संकित ठाँउमा परिचालन गर्दै खोजतलास गर्ने क्रममा असार १५ गते उनलाई पक्राउ गरेको परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए ।

    तामाङलाई महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार