२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

मण्डन उपत्यकाले कृषकलाई स्टिलको क्यान


६३०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । दुग्ध उत्पादक कृषकहरुलाई दुध ढुवानिमा सहज रहोस भन्ने उद्देश्यले १ सय ८० जना कृषकहरुलाई ११ लिटर क्षमताको स्टिलको क्यान वितरण गरिएको छ ।
    मण्डनदेउपुर वडा नं ८ ढाईटारमा रहेको मिलन दुध उत्पादन सहकारीको पहलमा मण्डन उपत्यका सामाजिक उत्थान समाजको आर्थिक सहयोगमा सहकारी संस्थाका कृषकहरुलाई एक कार्यक्रमका विचमा उक्त क्यान उपलब्ध गराएको हो ।
    सामाजिक हितको खातिर निरन्तर रुपमा कार्य गर्दै आएको मण्डन उपत्यका सामाजिक उत्थान समाजले तीनलाख आर्थिक सहयोग गरेपछि सहकारी संस्थाले आफ्ना शेयर सदस्य कृषकहरुलाई स्टिलको क्यान उपलब्ध गराएको थियो ।


    मण्डनदेउपुर नगरपालिकाको उप—मेयर निर्मला शाहिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त क्यान वितरण कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष झलक प्रसाद पौडेल, मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेर वहादुर डोटेल, मेलम्ची खानेपानी विकास समितिका प्रतिनिधि निरज गुप्ता, मण्डन उपत्यका सामाजिक उत्थान समाजका कार्यक्रम संयोवक दिपक लम्साल, उमादेवी दुग्ध सहकारी संस्थाका अध्यक्ष बिनोद पौडेल लगाएतको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार