२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ—नेपाल


४९०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित ४ साल अघि
  • नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।

    एमालेमा १०बुँदे सहमति भएको भोलिपल्ट नेता नेपालले सहमति विपरित गलत व्याख्या भएको बताएका हुन् । प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य भएको उनले बताएका छन् ।

    उनले भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार