२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आर्थिक विकासको सेवा विस्तार


२५६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा क्षेत्र विस्तार गरेको छ ।
    आफ्ना शेयर सदस्यहरुलाई सहजता साथै सहुलियत ढंगबाट सेवा दिदै आएको संस्थाले मण्डनदेउपुर नगरका शेयर सदस्यहरुको सहजताको लागि आज (सोमबार) बाट मण्डन देउपुर वडा नं ७ कुन्तामा सेवा सुरु गरीएको संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले जानकारी गराउनु भयो ।


    पाँचखाल र आसपासका क्षेत्रलाई प्रमुख प्राथमिकता दिदै काभ्रे जिल्ला भरी कार्यक्षेत्र रहेको आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका बिभिन्न स्थानमा सेवा केन्द्र संञ्चालन गर्दै शेयर सदस्यहरुको साथै सामाजिक हितको खातिर कार्य गरीने संस्थाका सचिब नारायण प्रसाद ढुंगानाले बताउनु भयो ।


    शेयरसदस्यहरुको हितको खातिर कार्य गर्ने प्रमुख उद्देस्यका साथ संस्था अगाडी बढेको संस्थाले शेयर सदस्यहरुको हितको खातिर आवश्यकता अनुसार सेवा केन्द्र विस्तार गर्दै जाने संस्थाका अध्यक्ष सरोज सापकोटाले बताउनु भयो । अध्यक्ष सापकोटाले थप्नुभयो—हामी अन्य सहकारीको तुलनामा पृथक ढंगबाट अगाडी बढेका छौं । हामी आर्थिक कारोवार मात्रै नभई सामाजिक हितको खातिर समेत कार्य गर्दै आएका छौं । सामाजिक हितको खातिर कार्य गर्दा हाम्रो शेयर सदस्यहरुको समेत हित हुन्छ, शेयर सदस्यहरुलाई आर्थिक रुपमा सु—सम्पन्न गराउने साथै उद्देमीहरुको हित र कृषकहरुलाई उकास्नको लागि निरन्तर रुपमा आगाडी बढ्ने छौं ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार