५ साउन, गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा चिकित्सकले दिउँसो साढे दुई बजे बालिकालाई मृत घोषणा गरेको डिएसपी प्रकाश दाहालले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस