२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

मण्डनदेउपुरका ३० हजार जनतालाई खानेपानी

३०९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • सुसिल बञ्जारा

    काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका ३० हजार जनताले ३ वर्ष भित्र स्वच्छ खानेपानी पाउने भएको छ । ५ हजार ५ सय ५५ घरदुरीलाई ३ वर्ष भित्र पानी ख्वाउने लक्ष्यसहित संझौता भएपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका जनताले स्वच्छ खानेपानी खानपाउने भएको हो ।

    बिहिबार कुन्तावेशीमा एक विशेष कार्यक्रमका बिच संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर, मण्डनदेउपुर नगरपालिका र मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्था वीच त्रीपक्षीय सम्झौता तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

    संझौता पत्रमा मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाइवा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठ, मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर लामाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रम मण्डनदेउपुर नगरपालिका उप–मेयर निर्मला शाहीको रोहवरमा भएको थियो ।

    आयोजना सम्पन्न गर्नको लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले टेण्डर माग गरेर शर्मा लामा रमन जेशी जनकपुरले ४८ करोड रुपियाँमा सम्झौता गरेको छ ।

    सुख्खा आयोजना क्षेत्र भएकाले यसमा उपभोक्ताले एक प्रतिशत नगद ८४ लाख रुपियाँ जम्मा गर्नुपर्ने र १० प्रतिशत श्रमदान गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सो रकममध्ये नगरपालिकाले ५१ लाख रुपियाँ खानेपानी उपभोक्ता समितिको नाउँमा अघिल्लो बर्ष प्रदान गरिसकेको छ । यो योजनाले काकाकुल बस्तीका रुपमा रहेका मण्डनदेउपुरको धेरै बडाका नागरिक लाभान्वित हुनेछन् ।

    निर्वाचनमा जनतासँग गरेको बाचा पूरा

    संझौता कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिकाको मेयर वाइवाले आफूले निर्वाचनमा जनतासँग गरेको बाचाहरु मध्य निक्कै महत्वपूर्ण प्रतिबद्धता पूरा गर्ने चरणमा आइपुगेको बताए । ‘निर्वाचनमा हामीले जतासँग गरेको बाचा धेरै कुरा क्रमशः पुरा भैरहेको छ । त्यसको एउटा उदाहरण बृहत खानेपानी हो ।’ मेयर वाइबाले भने, ‘संझौता अनुसार काम गर्न निर्माण पक्षलाई अनुरोध गर्दछु । हामीले गर्नुपर्ने सहयोग सधैं छ ।’

    त्यसैगरी उपमेयर शाहीले आफूले बोलेका कुरा निरन्तर पुरा गरेको बताउँदै आयोजना पुरा भएपछि काकाकुल रहेको बस्तीमा खानेपानी पाउने बताइन् ।

    मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर लामाले यो खानेपानी पुरा भएपछि मण्डनले धेरै कुरामा फड्को मार्ने बताउँदै यसले धेरै कुराको प्रतिनिधित्व गर्ने प्रष्ट पारे ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले यो खानेपानी आयोजना समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताउँदै आफूहरुले यसमा सबै सहयोग गर्ने बताए ।

    यो आयोजनालाई मण्डनदेउपुर नगरपालिकाको गौरवको योजनाको रुपमा लिएको छ ।

    त्यसैगरी उपमेयर शाहीले आफूले बोलेका कुरा निरन्तर पुरा गरेको बताउँदै आयोजना पुरा भएपछि काकाकुल रहेको बस्तीमा खानेपानी पाउने बताइन् ।

    मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर लामाले यो खानेपानी पुरा भएपछि मण्डनले धेरै कुरामा फड्को मार्ने बताउँदै यसले धेरै कुराको प्रतिनिधित्व गर्ने प्रष्ट पारे ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले यो खानेपानी आयोजना समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताउँदै आफूहरुले यसमा सबै सहयोग गर्ने बताए । यो आयोजनालाई मण्डनदेउपुर नगरपालिकाको गौरवको योजनाको रुपमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित खबरहरु
    बिशेष समाचार