२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

च्याउको तरकारीले वाबु—छोरा ज्यान गयो


२४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १०, आईतबार मा प्रकाशित ३ साल अघि
  • ० साउन, इलाम । इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गएको छ ।

    फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुले भने, ‘बिरामी परेपछि दुई/तीन दिन घरमै झारफुक गरेर राखेछन् । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भन्यो । घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गयो ।’

    साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको वडाध्यक्ष लिम्बुले बताए । जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ । ‘च्याउको तरकारी बाबु-छोराले मात्र खाएका रहेछन्, उनीहरु बिते । नखाएका श्रीमती र बुहारीलाई केही भएको छैन,’ उनले भने, ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार