२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालमा ४२ हजार घाँसको विरुवा वितरण


२४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १०, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। काभ्रे जिल्ला पाँचखालमा उन्नतजातको ४२ हजार घाँसको विरुवा बितरण गरिएको छ । जसले गर्दा कृषकहरुका लागि दुग्ध उत्पादन तथा मासु उत्पादनमा टेवा मिल्ने भएको छ ।

    बिगत २८ बर्षदेखि निरन्तर रुपमा वातावरण, निर्माण, पशुसेवा, कृषिसेवा र जैविक ढंगबाट तरकारी खेतिको लागि कार्य गर्दै आएको लवग्रीन नेपाल नामक संस्थाले कृषकहरुको हितको खातिर उन्नतजातको घाँसको विरुवा वितरण गरिएको छ ।

    लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालिका अनुसार पशुपालन गर्दै आर्थिक उपार्जन गर्दै गरेका कृषकहरुको हितको लागि उन्नत जातको घाँसको बिरुवा वितरण गरिएको हो । उन्नत जातको घाँसको कारण दुग्द उत्पादन बढ्ने साथै बाख्रा पालनमा समेत सहज हुने भएकोले विरुवा बितरण गरीएको हो ।

    पाँचखालका कृषकहरु तरकारी खेती, दुग्ध उत्पादन साथै मासु उत्पादनले आत्मनिर्भर हुदै आएकोले कृषकहरुको हितको खातिर लवग्रीन नेपालले कार्य गर्दै आएको छ । दुग्ध उत्पादनको लागि गाई भैसिको भ्याक्सीन, कृषिको लागि माटो सुधार कार्यक्रम साथै जैविक तरीकाले खेती प्रणाली, मासुका लागि बाख्रा पालन, अनुदानमा उन्नतजातका फलफुलका विरुवाहरु वितरण लगाएतका कार्यले कृषकहरुमा टेवा मिलेको छ ।

    दुई दशक अगाडी सम्म नाङ्गै रहेको वनपाखा साथै व्यक्तिगत जग्गाहरु हालको अवस्थामा हरीयालीले ढाकेको छ । कति पय ग्रामिण सडकको छेउमा उन्नत जातका फुलका विरुवाहरु सजिएका छन् । जोखिम युक्त रहेको विद्यालय भवनहरु सुबिधा सम्पन्न तरीकाले चलिरहेका छन् । पाँचखाल र आसपासको क्षेत्रमा लवग्रीन नेपालले गर्दा स्थानियहरुको भविश्य निर्माणमा टेवा मिलेको छ । लवग्रीन नेपालकै देनका कारण तरकारी खेतिमा विषादी प्रयोगमा नियन्त्रण हुंदा पाँचखाल र आसपासमा उत्पादन भएका ताजा तरकारीहरुमा बिषादी रहित भएको छ । जसले गर्दा तरकारी उपभोक्ताहरुको स्वास्थ्यमा समेत सहज भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार