२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालमा माओवादीको नगर सम्मेलन आयोजक समिति गठन


२६४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २१, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । नेकपा (माओवादी केन्द्र) पाँचखाल नगर समितिको बैठकले रामगोपाल भुजेलको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ । गत बैशाख १३ पार्टीका अध्यक्ष चेतप्रसाद गौतम (मणि) अध्यक्षतामा बसेको बैठकले १७१ सदस्यीय सम्मेलन आयेजक समिति गठन गरेको हो ।

    सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत रुपमै फर्काएपछि माओवादी केन्द्रले आफ्नो राजनीतिक गतिविधि तीब्र बनाउने क्रममा पाँचखालमा सम्मेलन आयोजक समिति गठन गरेर चाँडै नै सम्मेलन गर्ने संयोजक भुजेलले बताए । बैठकले वडा सम्मेलनको लागि सबै वडाहरुमा इन्चार्ज र संयोजक समेत तोकिएको भुजेलले जानकारी दिए ।

    कुन वडामा को–कोलाई तोकिए ?

    बैठकले वडा नं १ मा इन्चार्ज विष्णु तामाङ र संयोजकमा जय बहादुर तामाङ, वडा नं. २ मा इन्चार्ज पुण्य प्रसाद चौलागाई र संयोजकमा करुणा तामाङ, वडा नं ३ मा इन्चार्ज रमेशराज गिरी र संयोजकमा सर्वोत्तम गिरी, वडा नं. ४ मा इन्चार्ज युवाङसाङ लामा र संयोजकमा बलराम दनुवार, वडा नं. ५ मा इन्चार्ज डोल प्र. सापकोटा र संयोजकमा तेज प्र. तिमल्सीना, वडा नं ६ मा इन्चार्ज दल ब. श्रेष्ठ र संयोजकमा मच्छिन्द्र श्रेष्ठ, वडा नं. ७ मा इन्चार्ज क. रमेश प्र. काफ्ले र संयोजकमा कल्याण रायमाझी, वडा नं. ८ मा इन्चार्ज छोइसाल लामा र संयोजकमा सागर लामा, वडा नं. ९ मा इन्चार्ज हेम बहादुर श्रेष्ठ (प्रविण) वडा नं. १० मा इन्चार्ज सुर्य प्र. तिमल्सीना र संयोजकमा भवनाथ अधिकारी (कमल), वडा नं ११ मा इन्चार्ज अच्युत सेढाई र संयोजकमा विजय चन्द्र जोशी, वडा नं. १२ मा इन्चार्ज सुरशे भुजेल र संयोजकमा दिनेश तिमल्सीना, वडा नं. १३ मा इन्चार्ज रामशरण उप्रेती र संयोजकमा मेघराज रोक्का रहेका छन् ।

    यसै गरि बैठकले नगर स्तरीय विभिन्न जनवर्गीय संगठनको इन्चार्ज र संयोजक समेत तोएिको छ । सो अनुसार महिलाको इन्चार्जमा गीता भट्ट र सयोजकमा शिवकुमारी श्रेष्ठ, युबाको ईन्चार्जमा सागर लामा र संयोजकमा उग्रराज तामाङ, दलितको इन्चार्जमा डाल बहादुर मिजार र संयोजकमा दान बहादुर मिजार, विद्यार्थीमा इन्चार्ज उर्मिला लामा र संयोजकमा विमल तामाङ, किसानमा इन्चार्ज भरत श्रेष्ठ र संयोजकमा केदार प्रसाद दाहाल, मजदुरमा इन्चार्ज सुमित कुमार तामाङ र संयोजकमा निर लामा (स्वाभिमानी) रहेका छन् ।

    वडा सम्मेलनको लागि सबै तयारी गरिरहेको बताउँदै संयोजक भुजेलले भदौ १५ गतेभित्रमा सबै वडाहरुको सम्मेलन सम्पन्न गर्ने योजना रहेको बताए ।

    बैठक माओवादी केन्द्रकी जिल्ला अध्यक्ष रुकु चौलागाई, बागमती प्रदेश सदस्य तेज बहादुर मिजार, पार्टी जिल्ला सचिवालय सदस्य आईत सिं तामाङ लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार