२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रे मालपोतमा बार अनुसार सेवा


२६३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लामा कोभिड–१९ संक्रमणदर बढ्दै गएपछि जिल्ला मालपोत कार्यालय, काभ्रेले बार अनुसार स्थानीयतहका सेवाग्राहीहरुलाई सेवा दिने भएको छ । कार्यालयले सूचना जारी गर्दै आइतबार देखि जिल्लाका नगरपालिकाहरुलाई मात्र बार अनुसारको सेवा प्रदान गरिने भएको हो ।

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेश बमोजिमको मापदण्डहरु पालना गर्दै यस कार्यालयबाट दैनिक रुपमा हुने सेवा प्रवाह मिति २०७८।०४।३१ गतेदेखि यो तालिका लागु गरिने सूचनामा उल्लेख छ ।

    सूचना अनुसार बनेपा र नमोबुद्ध नगरपालिकालाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरपालिकालाई सोमबार र बिहीबार र पाँचखाल र पनौती नगरपालिकालाई मंगलबार र शुक्रबार सेवा प्रदान गरिनेछ ।

    यस्तो छ सूचनाः

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार