२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

प्रधान सम्पादक थोकरलाई भूम्लुमा दुर्व्यवहार


२३९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • तेमाल अनलाइनका प्रधान सम्पादक डिलबहादुर थोकर (ग्याम्जो) माथि काभ्रेको भुम्लु गाउँपालिकामा भएको दुर्व्यबहार प्रति पत्रकार महासंघ ललितपुर शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य, प्रेस संगठन तथा नेपालका केन्द्रिय सदस्य समेत रहेका थोकर समाचार संकलनको क्रममा गाउँपालिका केन्द्रमा पुगेपछि दुर्व्यबहार गरेको थियो ।

    ‘समाचार संकलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिका कार्यालयमा पुगेका थोकर फर्किने क्रममा गाउँपालिका कार्यालय नजिकै रहेका अराजक समूहले दुर्व्यबहार गरिएको घटना प्रति महासंघको ध्यानाकर्षण भएको छ । ‘टेण्डरको फर्म हामीलाई नसोधी किन लिएको’ भन्दै कपोलकल्पित कुरा गरेर उहाँ माथि अभद्र व्यबहार गर्दै उक्त अराजक टोलीले मोटरसाइकलको चावी खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलमा यसरी अभद्र व्यवहार हुँदा त्यहाँ सँगै रहेको प्रहरी मुकदर्शक हुनुले सो अराजक समुहलाई प्रहरीले नै संरक्षण गरेको प्रमाण हुन्छ । सो घट्नाको घोर भत्र्सना गर्दै दोषीहरु माथि कानून बमोजिम कारवाहीको माग गर्दछ ।’

    महासंघले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दै नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको दुव्र्यवहार घटनाले पत्रकारको मात्र होइन सर्वसाधारणको संवैधानिक अधिकार र स्वतन्त्रतामा हस्तक्षेप भएको महासंघले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार