महाभारत, काभ्रे/ काभ्रेको महाभारत गाउँपालिका बागमति प्रदेशका गाउँपालिकाहरुमध्ये पहिलो तथा स्थानीय तहहरुमध्ये दोस्रो हुन सफल भएका छन् । महालेखा परीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन, २०७८ अनुसार महाभारत गाउँपालिका प्रदेशको १३ जिल्लाका ७४ वटा गाउँपालिकामध्ये उत्कृष्ट र ११९ स्थानीय तहमध्ये दोस्रो हुन सफल भएको हुन् ।
महालेखाले महाभारत गाउँपालिकाको ६७ करोड ७९ लाख १३ हजारको लेखापरिक्षणबाट ०.४३ प्रतिशत अर्थात् २९ लाख ४० हजार बराबरको बेरुजु देखिएको वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । जुन प्रदेशभरकै कम बेरुजु भएको स्थानीय तहमा दोस्रो स्थानमा पर्छ ।
गत वर्ष करिब दुई करोड बेरुजु देखिएकामा यस वर्ष गाउँपालिकाले बेरुजु तथा सुशासनको क्षेत्रमा उल्लेख सुधार भएका छन् । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ले गाउँपालिकाबासी, कर्मचारी र जिल्लाका सबै सरोकारवालाहरुको सामुहिक प्रयासका कारण यो सम्भव भएको बताए । प्रदेशकै उत्कृष्ट गाउँपालिका बनेपछि महाभरतवासी मात्र होइनन् जिल्लावासी पनि खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस