१३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाल टुक्रिएसँगै संसदीय गणितमा फेरबदल भएको छ । नेकपा (एमाले)बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको अवस्थामा संसदको गणित पनि फेरबदल भएको हो ।
फेरिएको गणितसँगै प्रतिनिधिसभामा नेकपा (एमाले)को सांसद संख्या ९८ जना रहेको छ भने राष्ट्रियसभामा २६ जना रहेको छ । त्यस्तै नेपाली कांग्रेसको प्रतिनिधिसभामा ६३ जना र राष्ट्रियसभामा ७ जना, माओवादी केन्द्रको प्रतिनिधिसभामा ४९ जना र राष्ट्रियसभामा १५ जना सांसद रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभामा २३ जना र राष्ट्रियसभामा ७ जना, जनता समाजवादी पार्टीको प्रतिनिधिसभामा २१ जना र राष्ट्रियसभामा २ जना र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिसभामा १३ जना र राष्ट्रिय सभामा १ जना सांसद रहेका छन् ।
राष्ट्रिय मान्यता पाएका यी दलसँगै प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना, राष्ट्रिय जनमोर्चाको १ जना, नेपाल मजदुर किसान पार्टीको १ जना र स्वतन्त्र सांसद १ जना रहेका छन् । त्यस्तै राष्ट्रिय सभामा पनि १ जना स्वतन्त्र सांसद रहेका छन् । संसदको गणित फेरिएको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला बताउँछन्।
प्रतिक्रिया दिनुहोस