२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

बढि भाडा असुल्ने बसलाई काभ्रे प्रहरीले झ्याप


५०२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १६, बुधबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । यात्रुवाहक सवारी साधनहरुले यात्रुहरुलाई जथाभाबी (मनलाग्दी) ढंगबाट भाडा असुल्दै गरेको जनगुनासो आउनथालेपछि प्रहरीले सक्रियता जनाएको छ ।
    सोही क्रममा दोलखाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख ५९२४ नं.को यात्रुबाहक बसले यात्रुहरुसँग बढि भाडा लिएको भन्ने सुचनाको आधारमा उक्त बसलाई कारवाही गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार अरनिको राजमार्ग (पाँचखाल नगरपालिका वडा नं ५) खावामा रहेको अस्थाई प्रहरी चौकीले वढी भाडा असुल्ने बसलाई नियन्त्रणमा लिई कारबाही गरेको जानकारी प्राप्त भएको छ ।
    प्रहरीले नियन्त्रणमा लिएको बसमा यात्रा गर्ने यात्रुसंग वडि लिएको भाडा फिर्ता गरी ट्राफिक कारबाही स्वरुप रु १,०००।– (एक हजार) जरिवाना गरी उप्रान्त गल्ति नदोहोर्याउन सर्तमा छाडिएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार