२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

रोशीको बजेट कार्यन्वयनको लागि समय सिमा


२८०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेको रोशी गाउँपालिकाले बजेट कार्यन्वयको लागि समय सिमा निर्धाण गरेको छ । अध्यक्ष डिबी लामाको अध्यक्षतामा बसेको ६१ औं कार्यपालिका बैठकले योजना संझौता र सम्पन्नको मिति निर्णय गरेको हो ।

    कार्यपालिका बैठकले असोज १५ गते सम्झौता भएको एक लाख रुपैँया सम्मको बजेट २०७८ पुस मसान्त सम्म सम्पन्न गर्न समय निर्धारण गरेको छ भने एक लाख एक रुपैँया देखि दुई लाख पचास हजार सम्मको बजेट कार्तिक १५ गते सम्म सम्झौता गरि २०७८ माघ मसान्त सम्म योजना सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामाले जानकारी दिए ।

    यस्तै दुई लाख एकाउन्न हजार देखि चार लाख रुपैँया सम्मको बजेट कार्तिक मसान्त सम्ममा सम्झौता गरि २०७८ फागुन मसान्त सम्म योजना सम्पन्न गरिसक्नुपर्ने छ र चार लाख एक रुपैयाँ देखि उनान्तिस लाख उनान्सय हजार नौ सय उनान्सय रुपैयाँसम्मको बजेट मंसिर मसान्त सम्म सम्झौता गरि २०७८ चैत मसान्त सम्ममा योजना सम्पन्न गरिसक्नुपर्ने बैठकले निर्णय गरेको प्रवक्ता लामाले बताए ।

    उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने बिकास निर्माण सम्बन्धी आयोजनाहरुको हकमा न्युनतम १० प्रतिशत लागत साझेदारी गर्नुपर्ने बैठकले निर्णय गरेको लामाले जानकारी दिए ।

    त्यसैगरी बैठकले रोशी गाउँपालिका वडा नं ८ खार्पाचोकमा सञ्चालन गर्न लागेको भूमेचुली रोडा ढुंगा उद्योगले तयार पारेको माईनिङ स्किम स्वीकृत गरी खानी तथा भू–गर्भ विभाग, लैनचौर काठमाण्डौमा सिफारसि गर्ने निर्णय भएको छ ।

    यस्तै बैठकले रोशी गाउँपालिका स्थित भ्याकुरे खोलाको वगर क्षेत्रबाट ढुंगा, गिट्टी र वालुवा संकलन तथा उत्खननका लागि ह्युल्ला ईन्जिजियरीङ एण्ड कन्सट्रक्सन प्रा.लि. द्वारा गरिएको प्रारम्भिक वातावरणिय परिक्षणको मस्यौदा स्वीकृत गरेको प्रवक्ता लामाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार