२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

एकै परिवारका ६ जनाको विभत्स हत्या


४८५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ २१, सङ्खुवासभा। संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ। जिल्लाको मादी नगरपालिका वार्ड नम्बर–१ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या भएको हो।

    गएराती तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरि नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । घरमा रहेका सात परिवार मध्ये ६ जनाको हत्या भएको हो। आज सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शव खोल्सा, बारीको कान्लामा भेटीएको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको थप अनुसंधान भईरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार