२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

आर्थिकको १५ औं साधारण सभा सम्पन्न


५७०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित ४ साल अघि
  • ३ असोज, काभ्रे । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा आज (आईतबार) संस्थाको सभा हलमा सम्पन्न भएको छ ।

    अन्य सहकारीको तुलनामा पृथक ढंगबाट शेयर सदस्यहरुको हित साथै सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आएको संस्थाको साधारण सभामा स्वास्थ्य मापदण्ड पुर्ण गर्दै सामाजिक दुरी कायम गरी भिडभाड रहित ढंगले सम्पन्न भएको छ ।
    सस्था का अध्यक्ष सरोज सापकोटाकोे शभापतित्वमा सप्पन्न कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्मा तथा बिशेष अतिथी सिएमसी काभ्रेका अध्यक्ष बिबेकराज ठकुरीको उपस्थिति रहेको थियो ।

    त्यसैगरी संस्थाका उपाध्यक्ष बाबुकाजी पराजुलिले स्वागत मनतव्य राखि सुरुभएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार हामोदर अधिकारी, पाँचखाल नगरपालिका सहकारी कार्यालय प्रमुख इश्वर अधिकारी , पाँचखाल नगरपालिका सहकारी बिभाग प्रमुख पुष्कर ढकाल, नगर सहकारी सन्जालका सचीव राम प्रसाद कोइराला , काभ्रेपलाञ्चोक जिल्ला बचत संघका संचालक सदस्य सत्यवती भट्टराई ले सस्थाका कार्यक्रमहरु सफलताको शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा संस्थाका सचीव नारायण प्रसाद ढुंगानाले बार्षिक प्रतिबेदन ,कोषाध्यक्ष राजन काकीले आर्थिक प्रतिबेदन , लेखा सुपरिबेक्षण संयोजक प्रभुराम कोइरालाले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाकै अवसरमा सस्थाको लेखा संयोजक प्रभुराम कोइरालाले आफ्नो पदबाट दिनु भएको राजिनामा लाई सभाले स्वीकृत गर्दै बाकी कार्यकालका लागि लेखा सुपरिबेक्षण संयोजकमा बद्री प्रसाद आचार्य लाई जिम्मेवारी प्रदान गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार