२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

ठगिको आरोपमा काभ्रेली दुई महिलालाई प्रहरीले झ्याप


२२६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ, १९ असोज :  ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ।

     

    महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई सोमबार प क्रा उ गरेको हो।

    उनीहरुले बौद्ध बस्ने एक पुरुषलाई विमानस्थलबाट ट्याक्सीमा राखेर ललितपुरको चापागाउँमा पुर्‍याई उनको साथबाट साढे दुई लाख रुपैयाँ बराबरको सुनको सिक्री ठ गी गरेको प्र ह रीले जनाएको छ।

    महाशाखाका अनुसार महिलाले फोन गरी विमानस्थल बोलाएर ट्याक्सीमा बस्न लगाई ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा खाजा खान भनी लगेका थिए।

    यूनिसाले टिकटक बनाउछु भनेर सिक्री लगेको र साथीको जन्मदिन मनाउन चापागाउँकै मोक्तान होटलमा लगेर यूनिसाले सुनिता र पुरुषलाई होटलको कोठाभित्र छोडेर भागेको महाशाखाले जनाएको छ।

    पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धानका लागि महानगरीय प्र ह री परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार