२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

एस पार्टी कोल्याप्स,माओवादीले पाँच सिट —बाँस्कोटा, एमाले पाँचखालको जिम्मेवारी पौडेललाई


२६२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । पुर्व सुचना संञ्चार तथा प्रविधि मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य साथै काभे्र जिल्लाका इञ्चार्ज गोकुल बाँस्कोटाले माधब नेपालको (एस) पार्टी बामे नसर्दै कोल्याप्स हुने बताउनु भयो ।

    नेकपा एमाले पाँचखाल नगर कमिटिको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै बाँस्कोटाले उक्त धारणा राख्नु भएको हो । उहाँले थप्नुभयो जन्मेको ५ महिना पुग्दा नपुग्दै निर्वाचन हुन्छ निर्वाचनमा बामे सर्दै गरेको (एस) पार्टी कोल्याप्स हुन्छ साथै माओवादीको देसभरमा ५ सिट पनि आउदैन ।

    कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले—भन्नुभयो माधव नेपालले निश्चित स्वार्थको लागि कुण्ठा बोकेर (एस) पार्टी खोलेका छन् उनिहरुलाई छिटै पछुतो लाग्ने सुनिश्चित भएको बताउनु भयो । ५४ मा बामदेव गौतम बुर्कुसि मारेर काँहा पुग्लान भनेर नियाल्दै गर्दा २ बर्षपछि एमालेमै आउनु पर्यो । फोस्रो समाजबादको कुरा अगाडी बढाएर नवउदारबादको पछि लाग्दै भैसिको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा पार नहुने, पार हुनको लागि गाईको पुच्छर समाउनु पर्ने बताउनु भयो ।

    नेपालको न्यायालय प्रतिगमनको नाईके बनेको छ, संबिधानमा हुंदै नभएको प्रचण्ड धारा, माधवनेपाल धारा, प्रतिगामी धारा, बिदेशी शक्तिहरुको इसाराका धारा चलाएर देशलाई अस्थिरतामा धकेल्ने काम भएको बाँस्कोटाले बताउनु भयो । न्यायाधिस नियुक्ति भएका कर्मचारी हुन्, त्यस्ता कर्मचारीको साशन चल्दैन,जनताको साशन चल्नुपर्ने बताउनु भयो ।

    नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बिगतमा निकै वितण्डा मच्चाएर चुरीफुरी गरेको थियो । वास्तविकता के रहेछ भन्ने हिजोबाट प्रस्टिएको छ, सार्वजनिक अभिव्यक्ति दिदै भारतले नचाहिकन नेपालमा स्थिरता हुदैन भनेर भन्नुले भारतको इसारामा चल्ने नेपालका एक मात्र नेता प्रचण्ड भएको पुष्टि भएको बताउनु भयोृ । माधव नेपाल, प्रचण्ड र शेर वहादुर देउवाको मिलिमतोमा १४१० विकास काटेका छन्, त्यस्ता बिकास विरोधि नेतालाई जनताले राम्रोसंग चिनेकोले आगामी निर्वाचनमा त्यस्ता पार्टी कोल्याप्स हुने मुलुक एमाले मउ हुने बाँस्कोटाले ठोकुवा गर्नुभयो ।

    नेकपा एमाले पाँचखाल नगर कमिटिको प्रथम नगर अधिवेशन बाट विष्णुहरि पौडेलको अध्यक्षतामा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा भरत सापकोटा, सचिव प्रकाश ब्लोन, उपसचिव राधाकृक्ष्ण श्रेष्ठ र नविन लामा चयन भएका छन् । अधिवेसनबाट ७५ सदश्यीय नगर कमिटि गठन भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार