२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोठामा निसास्सिएर काभ्रे कल्छेका बालकको मृत्यु


२८३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । धुलिखेल नगरपालिका वडा नं ११ कल्छे घर भई व्यवसायको लागि काठमाडौ जडीबुटी बस्दै आएका बिमल गौतमका छोरा ४ बर्षे प्रिन्स गौमत कोठामा निसास्सिएर मृत्यु भएका छन् ।

    काठमाडौ स्थित हाम्रा समाचारदाता दिपेन्द्र हुमागाईका अनुसार ४ बर्षे बालकलाई कोठामा सुतिरहेको अवस्थामा छोडेर बुवा आमा बाहीर काम बिषेश निस्किएको थियो । कोठामा सुतेका बालक विम्झिएर खेल्ने क्रममा लाईटर खेलेको र खेल्ने क्रममा लाईटर बल्दा नजिकै रहेको सिरकमा आगो लाग्दा सोही धुँवामा निसास्सिएर बालक बेहोस भएको थियो ।

    बेहोस अवस्थाका बालकलाई उपचारको लागि तत्काल ललितपुर स्थित पाटन अस्पताल पुर्याएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार