२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

उपमेयर कपको उपाधी चुम्न सफल पाँचखाल डोजो


३२१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • पाँचखाल नगरपालिकाको सहयोगमा र क्योकुशिन कराते Ifkk जिल्ला संघ शाखा डोजो पाँचखाल , काभ्रेको आयोजनामा प्रथम पाँचखाल उपमेयर कप राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट् Ifkk Nepal कराते प्रतियोगिता -२०७८ मा Ifkk पाँचखाल डोजो उत्कृष्ट भएको छ , भने Ika एयरपोर्ट डोजो काठमाडौ टिम च्याम्पियन हुन सफल ।

    महिला ४५ के.जि मुनि तौल समुहमा प्रथम सल्मा लकनरी , दोस्रो सना दनुवार र सलिना दनुवारले तेस्रो स्थान हासिल गर्नुभएको छ । पुरुष ३५ के.जि मुनि तौल समुहमा प्रथम रमित महर्जन , (तेसिनकाई क्रीतिपुर) , दोस्रो अफताब अलि (Ifkk क्षेत्रपाटी) , तेस्रो विवेक दाहाल (Ifkk ढल्को) पुरुष ४० के.जि मुनि तौल समुहमा प्रथम सागर थिङ्ग (Ika क्रीतिपुर) , दोस्रो निरोज दुधराज (Ika क्रीतिपुर) , तेस्रो प्रीन्स देउला (Ifkk केन्द्रिय डोजो त्रिपुरेश्वर) , चौथो सागर चौधरी (Kww रानिपोखरी) पुरुष ५५ के.जि मुनि तौल समुहमा प्रथम बिजय राई (Ika एयरपोर्ट) , दोस्रो अविशेक माझी (Ika एयरपोर्ट) , तेस्रो पुजन बर्देवा (Ifkk आयोजक पाँचखाल), चौथो शंकर महतो (Ika एयरपोर्ट) पुरुष ६५ के.जि मुनि तौल समुहमा प्रथम थम प्रकाश खडका (Ikkf बाग्लुङ) , दोस्रो दिनेश भाम (Kww रानिपोखरी) , प्रवीण दनुवार (Ifkk आयोजक पाँचखाल) , चौथो देव भक्त खुप्पा श्रेष्ठ (Ikkf नाला) राष्ट्रिय खेलकुद परिषद एवं फुल कन्ट्याक्ट् महासंघमा आवद्ध १६ वटा संघबाट ८० जना खेलाडी र अपिसियल प्रतिनिधि २० गरि , सयजना भन्दा बढिको सहभागिता थियो । एक दिवसीय आमन्त्रित खेल राखिएको कारण थोरै मात्र संघको सहभागिता थियोे ।

     

    प्रतियोगितामा महिला ४५ के.जि पुरुष ३५ , ४०, ५५ , ६५ के.जि तौल गरि जम्मा ५ वटा ईभेन्ट राखिएको थियोे । स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद भन्ने एउटै खेलको मुलमन्त्रलाई आत्मसात गर्दै कार्यक्रममा १३ औ दक्षिण एसियाली खेलकुद (साफ) गेमका निर्णायक गणेश दनुवार तथा दोस्रो (रजत पदक) बिजेता चन्चला दनुवार लगायत सर्वियामा भएको २८ औ सोतोकान वल्ड च्याम्पियनसिपका बिजेता राजु दनुवार , पन्चराम लामा , निकशोन लामालाई पनि सम्मान गरिएको थियो । क्योकुशिन कराते केन्द्रिय डोजो त्रिपुरेश्वरबाट ब्ल्याक बेल्ट परिक्षा दिई आफ्नो मर्यादाक्रम बनाउन सफल ब्ल्याक बेल्ट चौथो डान अशोक जंग दनुवार , ब्ल्याक बेल्ट तेस्रो डान रमेश दनुवार , ब्ल्याक बेल्ट तेस्रो डान राजकुमार दनुवार , ब्ल्याक बेल्ट दोस्रो डान हरि बहादुर दनुवार , ब्ल्याक बेल्ट दोस्रो डान बिकल दनुवार , ब्ल्याक बेल्ट दोस्रो डान प्रवीण दनुवार ,ब्ल्याक बेल्ट पहिलो डान सन्देश दनुवार लगायतका टिमलाई प्रमुख अतिथि र संघका प्रतिनिधिबाट बेल्ट प्रमाणपत्र प्रदान गरिएको थियो ।

    Kww कराते संघका महासचिव महेश दनुवारले उत्कृष्ट निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मि दनुवार , सभापति कृष्ण बहादुर दनुवार , बिशेष अतिथि Ifkk संघका संस्थापक (ब्रान्च चिफ) प्रेमबहादुर तामाङ , संघका अध्यक्ष घनश्याम श्रेष्ठ , संघका उपाध्यक्ष सानुराजा महर्जन , नगर प्रवक्ता तथा वडा नं ८ अध्यक्ष संजय तामाङ , वडा नं ३ अध्यक्ष शुन्दर अधिकारी , वडा नं १२ अध्यक्ष गोपाल दनुवार , प्रेमधर्म स्मृति सहकारी संस्था लिमिटेडका हरिगोपाल दनुवार , आजाद मा.बि का प्राध्यापक प्रल्हाद प्रसाद तिमल्सिना लगायत स्थानीय समाजसेवि , खेलप्रेमीहरुको उपस्तिथि थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार