२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा गुण्डागर्दी गर्नेलाई प्रहरीले झ्याप


३६२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रेमा गुणडागदी गर्दै सर्वसाधारण तथा व्यवसायीहरुलाई दुख दिनेहरुलाई प्रहरीले पक्राउ गरी आवस्यक कारबाही प्रकृया अगाडी बढाएको छ ।

    जिल्लाको विभिन्न स्थानमा संचालित विभिन्न उद्योगी व्यबसायीहरु, होटल व्यवसायीहरुबाट प्राप्त गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएका प्रहरी अधिकृत टोलीले पक्राउगरी कारवाही प्रकृया अगाडी बढाएको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०५ चौकोट बस्ने वर्ष ३२ को ज्वाला भन्ने कृष्णराम महत र काभ्रे जिल्ला खानिखोला गाउँपालिका वडा नं.७ बस्ने बर्ष २८को मम भन्ने दिनेश गोलेलाई पक्राउ गरीएको छ ।

    अभियुक्त द्वयले पनौती, धुलिखेल, बनेपा लगाएतका स्थानहरुमा संचालित बिभिन्न उद्योगी व्यवसायीहरुलाई गुण्डा गर्दी शैलिमा धम्क्याउने,कुटपिट गर्ने लगायतका कार्यहरुमा संलग्न रहेको प्रहरीले जनाएको छ । अभियुक्त द्वयलाई मुलुकी अपराध संहिता,२०७४“ को परिच्छेद ५ कोसार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार