२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

भिड भाड रहित ढंगबाट मकर मेला सञ्चालन हुने


२८६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २७, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (धुलिखेल) – काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेलामा २५ जना भन्दा बढि भेला भएर स्नान गर्न नपाइने भएको छ । आज बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को  बैठकले मेलामा २५ जना भन्दा बढि भेला भएर स्नान गर्न नपाइने निर्णय गरेको छ ।

    पछिल्लो समय कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै संक्रमण नियन्त्रणका लागि बैठकले उक्त निर्णय गरेको हो । बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका भेला तथा धेरै जना उपस्थित हुने गरी कार्याक्रमहरु नगर्न, मेला, महोत्सवहरु नगर्न काभ्रेका १३ वटै स्थानीय तहका सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

    त्यस्तै पनौती नगरपालिकाको वडा नं ७ स्थि त्रिवेणीघाट क्षेत्रमा माघ महिनाभर सञ्चालन हुने १२ वर्षे मकर मेलाको सम्बन्धमा मेलाको कार्यक्रम नगर्ने तथा २५ जना भन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्य सम्बन्धि सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भक्तजनहरुलाई मकर स्नान मात्र गर्ने व्यवस्थान मिलाइने बैठकले निर्णय गरेको छ । उक्त कार्यका लागि सुरक्षा निकाय, पनौती नगरपालिका, मेला आयोजक समितिसँग समन्वय गरिनेछ ।

    त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला पार्का लगायतका क्षेत्र)मा प्रवेशका लागि अनिवार्य रुपमा कोरोनाको खोप कार्ड (मोबाइलमा फोटो भए हुने)देखाउनुपर्ने बैठकबाट निर्णय भएको छ ।

    जिल्ला स्थित धुलिखेल अस्पताल, मंगलटार र दोलालघाट क्षेत्रमा एन्टिजेन टेष्ट बुथ स्थापना गरी निःशुल्क एन्टिजेन परीक्षणका व्यवस्था मिलाइने निर्णय बैठकले गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार