२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

करपोरेटले आफ्नो इच्छामा सरकार चलाउन खोजेको छ—बाँस्कोटा, प्रेस चौतारी नेपाल काभ्रेको नेतृत्वमा पुन भुवन


२६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २९, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पुर्व संचारमन्त्री गोकुल बाँस्कोटाले करपोरेट जमातले उनिहरुको इच्छाको आधारमा सरकार चलाउने दुस्प्रयास गरेको बताउनु भयो । प्रेस चौतारी नेपाल काभ्रे शाखाको सातौ जिल्ला अधिवेशन उद्घाटन गर्दै पुर्व मन्त्रि बाँस्कोटाले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रममा बाँस्कोटाले भन्नुभयो—नेपालमा पत्रकारीत्राको लामो इतिहास नभएपनि दक्षीण एसियाको तुलनामा पुरानो हो । समाजको रुपान्तरणको लागि पत्रकारीता क्षेत्रको ठुलो भुमिका रहेको बताउंदै पत्रकारीता क्षेत्र निस्पक्ष साथै व्यवसायीकरण हुन आवस्यक रहेको बताउनु भयो । पत्रकारहरुलाई मिडिया हाउस संञ्चालन गर्ने मालिकले दाशको रुपमा लदाएको छ, यस्तो दाशदि ढंगको व्यवहारलाई निमिट्यान्न पार्नको लागि पत्रकारहरु एक हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा पुर्व मन्त्रि बाँस्कोटाले पार्टीमा सकृया राजनीतिमा उत्रेकाहरुलाई लक्षीत गर्दै भन्नुभयो—पार्टीको जिम्मेवारी तहमा रहेकाले पत्रकारीता क्षेत्रको र पार्टीको समेत गरी दोहोरो परिचय बनाउन हुदैन । पार्टीको जिम्मेवारी तहमा रहेकाले आफ्नो विचार, लेख लेख्न सक्छ तर पत्रकारको भुमिका निर्वाह गर्न सक्दैन, त्यसैले प्रेस चौतारीको अधिवेशबाट बन्ने टिममा पार्टीको जिम्मेवारी तहमा रहेकाहरु समेटिन हुदैन ।

    पार्टीले पे्रस चौतारीलाई हस्तक्षेप गर्दैन, पे्रस चौतारीमा आवद्ध पत्रकारहरु स्वतन्त्र ढंगले अगाडी बढ्ने वातावरण निर्माणमा पार्टीले साथ दिने बाँस्कोटाले भन्नुभयो । उहाँले पुन भन्नुभयो पे्रस चौतारीमा आबद्ध साथीहरुले पार्टीमा सक्रियता वा पत्रकारीतामा सकृयता कुनमा भनेर रोज्नुपर्ने तर दुवैतिरको परिचय दिएर अडागी बढ्न नहुने बताउनु भयो ।

    प्रेस चौतारी नेपाल काभ्रेको सातौ जिल्ला अधिबेशनबाट पुन भुवन रायमाझी अध्यक्षतामा कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सह–सचिवमा अरबिन्द्र गौतम, चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ सदस्यमा विकास तिमल्सिना, प्रदिप भण्डारी मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रञ्जित बोहोरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा चयन भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार