२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

प्रहरी एक्लैले केही गर्न सक्दैन—एस.पी जोशी, काभ्रेलीको हितको लागि निरन्तरता दिन्छु—भुपेन्द्र


२२०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २९, बिहिबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेको जिम्मेवारी सम्हाल्न आउनु भएका एस.पी चक्रराज जोशीले काभ्रे जिललाको शान्ति सुरक्षाको लागि काभ्रेली जनतासंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।

    बुधबार कार्यालयमा हाजिर हुने क्रममा एस.पी जोशीले उक्त धारणा व्यक्त गर्नुभएको थियो । उहाँले थपनुभयो—प्रहरीले मात्रै केही गर्न सक्दैन, प्रहरी र जनता विच नङ्ग र मासुको सम्बन्ध कायम गरेर अगाडी बढ्नुपर्छ । प्रहरीले दिने सेवामा कुनै कमि हुन नदिई निस्पक्ष ढंगबाट अगाडी बढ्ने बताउनु भयो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले आयोजना गरेको बिदाई, फेरी भेटौला तथा स्वागत कार्यक्रमको अवसरमा प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले भन्नुभयो—शान्ति शुरक्षालाई व्यवस्थित गर्ने कार्यमा काभ्रेलीले मलाई लगाएको गुन बिर्सन सक्दिन, म काभे्रवाट बाहीरिएपनि काभ्रेली साथीहरुको हितको लागि निरन्तर रहन्छु । काभ्रे जिल्लाबासी, नागरिक समाज, पत्राकार साथीहरु र समग्र काभ्रे प्रहरीलाई प्रहरी प्रतिको विश्वास र अपनत्वका लागि सदैब कृतज्ञ रहने बताउनु भयो ।

    बिदाई, फेरी भेटौला कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला प्रशासन कार्यालय काभ्रे, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका, उद्योग बाणिज्य संघ काभ्रे, कर्मचारी मिलान केन्द्र, पत्राकारहरु, लगायत बिभिन्न संघ संस्थाहरु सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार, जवान र प्रहरी कार्यालय सहयोगीहरुको उपस्थि रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार