बनेपा । काभ्रेमा समाजवादी प्रेस संगठनको जिल्ला शाखा गठन भएको छ । समाजवादीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा १९ सदस्यीय कमिटी चयन भएको छ ।
समाजवादी प्रेस संगठन काभ्रेको अध्यक्षमा सन्तोष चौलागाईं, उपाध्यक्षमा ज्ञान तामाङ, सचिवमा अमित न्यौपाने, सहसचिवमा विमेश सापकोटा, कोषाध्यक्षमा कमल कुईंकेल रहेका छन् ।
कार्यक्रममा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थित रहेको थियो । साथै समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ पनि उपस्थित रहनुभएको थियो । कार्यक्रममा वक्ताहरुले समाजवादी प्रेस संगठनको उद्देश्य र लक्ष्यको विषयमा धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस