२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

हारेर जितेका नेकपा एमाले नेता कन्चन 


३३९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २९, बिहिबार मा प्रकाशित २ साल अघि
  • सुशील राज गिरी
    काभ्रे / नेकपा एमाले को दसौं अधिबेशन पुस २३ गते सम्पन्न भएको छ । काभ्रे को सदरमुकाम धुलिखेल मा नेकपा एमाले को दसौं अधिबेशन सम्पन्न भएको थियो ।नेकपा एमालेको जिल्ला सदस्य कन्चन अधिकारी ले यो अधिबेशन काभ्रेको ईतिहास मा पहिलो भएको जानकारी गराउनु भयो ।

    काभ्रे राजनीतिमा सायदै हाईटेक प्रबिध सहित,२२ बर्ष उमेरको प्रतिनीधी र ३० बर्ष उमेरका का जिल्ला सदस्य चुनावी मैदान मा उत्रिएर पुरानो पुस्ता लाई लोकतान्त्रीक प्रविधि बाट हजारौं जन सागर को बिच मा चुनौति दिएर चुनाब बाट जितेर आएको काभ्रे राजनीति को ईतिहास मा यो पहिलो भएको उहाको दाबी थियोे । दसौं जिल्ला अधिबेशन मा उपाध्यक्ष को उमेदवार कन्चन अधिकारी माननीय प्रदेस सभासद तथा पुर्ब मन्त्री चन्द्र लामा सग पराजित भएका थिए ।

    सातौ र आठौं अधिबेशन युवा पिढी औंला मा गन्न सकिन्थ्यो र नौ मा हामीले नेतृत्व हस्तान्तरण को कुरा उठाएको र हाल दसौं अधिबेशन मा ३० बर्ष मुनीका एक दर्जन युवा जिल्ला नेतृत्वमा आउनुले काभ्रे नेकपा एमालेमा कञ्चनयुग सुरु भएको उहाँको भनाइ थियो । हिजो नेतृत्वमा कञ्चनले दावा गर्दा , जिल्ला कमिटी सदस्यमै रहँदै पनि कञ्चनको बेला भएको छैन , यो फुच्चेलाई दिनु हुँदैन , हामी पो सिनियर भन्ने नेताहरु , तर अब एमाले काभ्रे मा पुरानो र नया भन्ने रहेन बिचार को युग सरु भएको भर्खर निर्वाचीत अर्को जिल्ला सदस्य को भनाइ थियोे ।

    सबैलाई थाहा छ नेकपा एमाले काभ्रे ले आज दर्जनौं कञ्चन जन्माएको छ ( नेकपा एमाले काभ्रेमा ३० भन्दा तलका युवाहरु त्यसको प्रमाण हुन । कसैले चाहेर वा नचाहेर पनि अबको राजनीतिमा कञ्चन हरु लहड हैन आवस्यकता बनेर अझै शशक्त भएर आउने देखिएको छ ।किनभने नेतृत्व पुस्तान्तरणमा गईसक्यो ,आजका ३० भन्दा तलका कञ्चनहरुले नेतृत्वमा हस्तक्षेप गर्ने समय अब धेरै छैन । र नेतृत्व हस्तक्षेप सँगसँगै उनिहरुले आफुलाई अझै धेरै प्रमाणित गर्नुपर्ने छ । उल्लेखीत कञ्चन पात्र मात्रै हैन आम युवाको भावना, मन वचन र कर्मले पार्टी प्रतिबद्धताको , सफल र सबल नेतृत्व काभ्रे एमालेले पाएको छ।यो संगै नेकपा एमाले काभ्रे लाई थप चुनैति थपिएको छ कि आफुहरुलाई चुनाब मा प्रमानित गर्नु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार