काभ्रे । काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नं ४ मा दनुवार जातीहरु (डोने)को राष्ट्रिय भवन उद्घाटन गरी केन्द्रिय कार्यालय संञ्चालन भएको छ ।
१४ जिल्लाबाट सहभागि भएका डोनेहरुले माघे संक्रातिको अवसरमा एक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी पाँचखाल नगरमा मेयर महेश खरेल र मण्डनदेउपुर नगरका मेयर टोकवहादुर वाईवा बाट संयुक्त रुपमा केन्द्रिय कार्यालय उद्घाटन गरेको हो ।
पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङको पहलमा उपलब्ध गराएको जग्गामा पाँचखाल नगरपालिकाको ५५ लाख वजेटबाट दुई तल्ले भवन निर्माण भएको थियो । पाँचखाल नगरपालिका उप—प्रमुख लक्ष्मी दनुवारको पहलमा उत्तल भवन निर्माणको लागि बजेट व्यवस्था भएको थियो ।
लोपोन्मुख जातिको भेषभुसा, भासा, धर्म, संकृति संरक्षण गर्ने उद्देस्यले मण्डन देउपुर नगरपालिकका प्रमुख टोकवहादुर वाईवाको पहलमा दनुवार (डोने) भाषाको पाठ्यपुस्तक तयार गरी पालिकको दुई (डेडी थुम्का मा.वि र भिमसेन आधारभुत विद्यालय) विद्यालयबाट दनुवार जातीको भाषामा विद्यार्थीहरुलाई अध्यापन गराउन सुरु गरिएको छ ।
कार्यक्रम उद्घाटनको क्रममा पाँचखाल नगरका मेयर महेश खरेलले दनुवार (डोने) जातिबाट पाँचखालमा उपमेयर पाएको छ, अवका दिनमा दनुवार जातीबाट मेयरको लागि तयार हुन जरुरी रहेको बताउनु भयो । उहाँले थप्नुभयो—दनुवार जाती र तमाङ जातीको हितको लागि नगरले पुर्ण साथ र समर्थन गर्ने छ । यी दुई तातिको संस्कृति, भाषा, भेसभुसाको संरक्षाणको साथै संग्राहलय व्यवस्थाको लागि नगरले सहयोग गर्ने बताउनु भयो । दुई जातिको भाषाको संरक्षणको लागि सोही भाषामा पाठ्यपुस्तक तयारी गरी सोही भाषाम अध्यापन गराउनको लागि बजेटको व्यवस्था गरेको बताउनु भयो ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिका मेयर टोक वहादुर वाईवाले मानवजातिको हित साथै सम्पुर्ण नागरिकको सुरक्षाको लागि नगरपालिकाले निरन्तर रुपमा कार्यगर्दै आएको बताउनु भयो । उहाँले थप्नुभयो—जनप्रतीनिधि भएपछि सवैखालको नागरिकलाई समान व्यवहार उसको कर्तव्य हो । मैले सोह कर्तव्य पालना गर्दै नगरपालिकमा रहेका दनुवार बर्गको हितको खातिर दनुवार भाषामा शिक्षा दिने व्यवस्था मिलाएको हो । दनुवार जातिको राष्ट्रिय भवन पाँचखालमा निर्माण भएको छ, सो भवनको आज उद्घाटन गरियो,भवन मात्रै भएर पुग्दैन सो भवनमा संग्राहलयको व्यवस्था गर्नुपर्ने हुन्छ । संग्राहलय व्यवस्थापनको लागि आफ्नो व्यक्तिगत तथा नगरपालिकको तर्फबाट सघाउन तयार रहेको बताउनु भयो ।
नेपाल डोने बिकास समाजका अध्यक्ष राजन कुमार डानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवार, नेपाल डाने बिकास समाज सिन्धुपाल्चोकका अध्यक्ष हरी दनुवार, नेपाली काग्रेस सिन्धुपाल्चोक इन्द्रावति गाउंपालिका उप—सभापति शिताराम दनुवार, पाँचखाल नगरपालिका कार्यपालिका सदस्या माईली दनुवार, पाँचखाल नगरपालिका कार्यपालिका सदस्य सत्रुधन दनुवार, पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी , पाँचखाल नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संञ्चालक राजेश डोनेले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितलाई विक्ष्णु डोनेले शब्दबाट स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस