२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रे सिडिओ कार्यालयमा अत्यावस्यक बाहेकको सेवा बन्द


२१४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे : जिल्ला प्रशसन कार्यालय काभ्रेका अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने भएको छ । जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको जाखिमलाई नियन्त्रणका लागि कार्यालयले आगामी आइतबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

    जिल्लामा संक्रमणको जोखिम उच्च हुनेका साथै कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु यहि माघ १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, संघसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख छ ।

    शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने कुरा कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार