२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

काभ्रेमा गाँजा सहित युवा पक्राऊ


३०३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । अवैध लागु औषधको रुपमा मानिने गाँजा सहित २५ बर्षिय युवालाई काभ्रे प्रहरीले पक्राउ गरी आवश्यक कानुनि कारवाही प्रकृया अगाडी बढाएको छ ।

    काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १२ बाँसडोल स्थितमा लागु औषध सेवनकर्ताहरु दिन प्रतिदिन बढदै गएको भन्ने स्थानियहरुको गुनासो आएपछि प्रहरीले सुक्ष्मढंगबाट अनुसन्धान गरीरहेको थियो ।

    प्रहरीलाई प्रापत विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपा बाट खटिएको बिशेष प्रहरी अधिकृत सहितको टोलीले गोप्य रुपमा बुझ्दै जाने क्रममा बनेपा नगरपालिका वडा नं. १२ बाँसडोल बस्ने अं. वर्ष २५ को संजय तामाङको घर कोठा भित्र खाट मुनी लुकाई छिपाई राखेको अवस्थामा ७ किलो ७९५ ग्राम अबैध लागु औषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ । निज संजय तामाङलाई कानुन बमोजिम पक्राउ गरी लागु औषध गाँजा मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार