२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कृषक तथा वातावरण संरक्षणाको लागि जुट्दै लवग्रीन


२५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ माघ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे ।पाँचखाल र आसपासको क्षेत्रको विकासको लागि विगत ३० बर्षदेखि निरन्तर रुपमा अगी बढेको लवग्रीन नेपाल नामक संस्थाले पछिल्लो समयमा आएर पाँचखालको वातावरण संरक्षण साथै कृषकहरुको हितको खातिर निरन्तर रुपमा अघि बढेको छ ।

    हरियाली विस्तार, विद्यालयहरुको भवन निर्माण, विद्यालयहरुमा आवश्यक शिक्षकको व्यवस्था, जेहेन्दार विद्यार्थीहरुका लागि छात्रा बृत्तिको व्यवस्थ, महिला सहकारीहरुको भवन निर्माण, स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री वितरण, महांमारीमा राहत सामाग्री वितरण लगाएतको बिकास निर्माणमा जुटिई रहेको लवग्रीन नेपालले विगत ४ बर्षदेखी पाँचखालको कृषक तथा वातावरण संरक्षणको कार्यमा जुटेको छ ।

    कृषकहरुले गर्ने बिभिन्न प्रकारको खेतीमा आम्दानी बृद्धि गराउने साथै बिषादीको प्रयोग नगरी जैबिक खेती गराउने बिषयमा भूमिका निर्वाह गरेको छ । लवग्रीन नेपालले जैविक बिषादीहरु निःशुल्क उपलब्ध गराउनुका साथै माटो परिक्षण गरी माटोमा आवश्यक तत्वहरु समेत उपलब्ध गराउदै आएको छ । कृषकहरुलाई जैबिक बिषादी बनाउने तालिम प्रदान गर्दै सो जैबिक बिषादी बनाउनको लागि आवस्यक ड्रम लगाएतको सामाग्री उपलब्ध गराउने कार्य गरेको छ ।

    कृषकहरुले लगाएको बिभिन्न बालिमा रोग तथा किराले आक्रमण नगरोस भन्ने हेतुले कृषकहरुको खेत बारीमा लवग्रीन नेपालले प्राबिधिकहरु पठाउने कार्यहरु समेत गरेको छ । पाँचखालमा तरकारी खेतीमा प्रयोग गर्ने बिषादी कम गर्दै वातावरण संरक्षणमा समेत जुटेको छ लवग्रीन । लवग्रीन नेपालको योगदानले गर्दा पाँचखालमा उत्पादन भएको ताजा तरकारीमा बिषादी रहित ढंगको उत्पाद भएकोले उपभोक्ताहरुले पाँचखालको तरकारी निर्धक्कसंग सेवन गर्ने अवसर पाएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार