काभ्रे । कोभिडको महामारीलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले अत्यावश्यक बाहेकका सेवाहरुलाई आलो—पालोमा प्रदान गर्ने भएको छ ।
भोली आईतबार बाट लागुहुने गरी आलो—पालोमा प्रदान गर्ने सेवा लिनआउने सेवाग्राहीले अनिवार्य रुपमा खोपकार्ड हुनुपर्ने उल्लेख गरिएको छ । खोप कार्ड साथमा नहुनेले मोवाईलमा खिचेको खोपकार्डको फोटोलाई मान्यता दिने कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।
जस अन्तरगत आइतबार रोशी गाउंपालिका र धुलिखेल नगरपालिका, सोमबार चौरीदेउराली गाउंपालिका र बनेपा नगरपालिका, मंगलबार बेथानचोक गाउंपालिका र पनौती नगरपालिका, बुधबार तेमाल गाउंपालिका र पाँचखाल नगरपालिका, विहिबार भुम्लु गाउंपालिका र मण्डनदेउपुर नगरपालिका र शुक्रबार खानिखोला गाउंपालिका र नमोबुद्ध नगरपालिकाले सेवा लिन पाउने छन् । राहदानि वितरणको हकमा भने पालो नलाग्ने जनाईएको छ ।
जारी सुचनाको आधारमा एक स्थानिय तहले एक दिन मात्रै जिल्ला प्रशासनबाट सेवा लिन पाउने भएका छन् । नागरिक्ता नभै नहुने अवस्थामा समस्या हुने भएको छ । त्यसैगरी राष्ट्रिय परिचय पत्र बनाउनेहरुका लागि कुनै जानकारी गराईएको छैन ।
प्रतिक्रिया दिनुहोस