काभ्रे पाँचखाल । पाँचखाल क्षेत्रका सामाजिक व्यक्तित्वको रुपमा परिचित रुद्रवहादुर बानियाँको सालिक एक भव्य कार्यक्रमका साथ अनावरण भएको छ ।
पाँचखाल वडा नं ६ साथै निर्माण समितिको आयोजनामा शनिबार सम्पन्न उक्त कार्यक्रममा स्व.बानियाँको बुवा हेमबहादुर वानियाँको प्रमुख आतिथ्यतामा अनावरण कार्य सम्पन्न भएको हो ।
स्व.वाँनियाको सालिक अनावरण कार्यक्रममा उहाँको धर्मपत्नि यज्ञकुमारी वानियाँ, छोरा अरुण बानियाँ, भाई कृष्णबहादुर बानियाँ, छोरी अरुणा सञ्जेल लगाएतका परिवारका सदस्यहरुको उपस्थित रहेको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका उप—प्रमुख मञ्जु गौतम , एमाले पाँचखाल नगरकमिटिका अध्यक्ष बिष्णुहरी पौडेल, नेकपा माओवादी पाँचखाल नगरकमिटिका अध्यक्ष मणि गौतम, नेकपा एमालेका युवा नेता कञ्चन अधिकारी, नेकपा (एस) पार्टीका नेता रबिन्द्र सिपखान, नेपाली काँगे्रसका नेताहरु, तिनपिप्ले युवा क्लबका अध्यक्ष सरोज धिताल लगाएत युवा क्लबका टिमहरु लगाएतको सहभागि रहेको थियो ।
२०१४ साल असोज १४ गते जन्मनु भएका बानियाँको मृत्यु २०७५ चैत्र ३१ गते भएको थियो । पाँचखालमा निकै ठुलो योगदान पुर्याउनु भएको बानियाँको मृत्युले गर्दा ठुलो क्षति भएको स्थानिएको ठम्याई रहेको थियो । जनमोर्चा नेपालबाट राजनितिको सुरुवात गर्नुभएको बाँनियाँले पाँचखाल गा.वि.सको दुई कार्यकाल नेतृत्व सम्हाल्नु भएको थियो । एक कार्याकाल जनमोर्चाबाट अर्को कार्यकाल नेकपा एमालेको तर्फबाट । २०७४ को स्थानिय तहको निर्वाचनमा पाँचखाल नगरको मेएरमा उम्मेदवारी दिनुभएको बानियाँ झिनो मतको अन्तरमा पराजित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस