२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

दुलाल लाई मृत्यृको मुखमा धकेल्दै जिल्ला प्रहरी र जिल्ला प्रशासन! दुलाल को अब कस्ले गर्ला उपचार ?


३८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १५, आईतबार मा प्रकाशित २ साल अघि
  • सुशील राज गिरी

    काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा दुर्घटनामा परेका रामकृष्ण दुलालको अवस्था गमभीर रहेको छ ।

    पाँचखाल नगरपालिका वडा नं ५ का दुलाल गम्भीर घाइते भएँ ,रातको समय भएकोले दु्र्घटना गराउने सवारी साधानको पहिचान हुन सकेन । घाइते छोरा मर्ने स्थित भएकोले दु्र्घटना गराउने सवारी साधानको खोज्न भन्दा पहिले घाइतेको उपचारमा लागे परिवार तर उपचार दिन दिनै खर्चालु हुदै जादा धुलिखेल अस्तालमा आर्थिक अभावले उपचार गर्न नसक्ने अवस्था रह्यो ।

    दु्र्घटना गराउने सवारी साधानको पहिचान हुन नसक्दा दुलाल मृत्यु संग लडिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव झेलिरहेको परिवार लाई नत स्थानीय सरकारको सहयोग छ, न प्रशासन र प्रहरीकै । दु्र्घटना गराउने सवारी साधानको खोजी गर्नेमा कसैको चासो पुगेको छैन । दुलालकोे ज्यान बचाई दिन सबै संग सहयोग मागियो तर कहि पाईएन । आर्थिक अभावले थप उपचार गर्न नसक्दा धुलिखेल अस्पतालले पटक पटक बिमारी लैजान भनिरहेको घाइते दुलालका दाजु बताउँछन् ।

    घाइतेका बुबाले रुदै भने मेरो छोरो मरेनी मरोस म लैजान्छु भन्दा नी अस्पताल लाई बुझाउने पैसा छैन बाबू प्रहरी अपराधी खोज्दिदैन, प्रशासन सहयोग गर्दैन हामी कहाँ जाने ? गरिबले अब नबाचे हुने भयो ? मेरो छोरो बचाई दिनुस घाइते दुलालको बुबा रुदै गर्दा ,पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बाल कृष्ण सापकोटाले टिपरले ठक्कर दिएर यो अबसथा भएको तर प्रहरी प्रशासनले अपराधी खोज्न सहयोग नगरेको बताए । गाउँ गाउंमा स्थानीय सरकार भएता पनि बिमारी घाइतेको लागि सहयोग माग्न सिफारिस समेत नदिदा आर्थिक अभावले घाइतेको अबस्था दिन दिनै बिग्रेको आफन्तले बताए । अरनिको राजमार्ग स्थित काभ्रेको धुलिखेल देखि दोलालघाट सम्म दिउँसो टिपर चल्न न दिने र राति टिपर ज्यादा हुदा घटना घटाई भाग्ने गरेको स्थानीयको भनाई रहेको छ ।

    पावर हुने दबाव दिने र पार्टीमा लागेको हरुको प्रहरी प्रशासनले खोजिदिने र उपचार र क्षतिपूर्ति दिलाईदिने काम भएता पनि दुलाल जस्ता नागरिकको भने मर्नुको बिकल्प नभएको स्थानीयको तर्क छ । एकै प्रकारको सबारी दुरघटनामा बिहीबार साँगा अबरुद्ध गरेकै कारण दोसी पता लगाउने प्रहरी दुलालको लागि किन आलटाल गरिरहेको छ ? यदि यस्ता अपराध र अपराधी पता लगाउन र दु्र्घटना गराउने सवारी साधानको पहिचान खुलाउन सक्दैन भने के दुलालले न्याय र उपचार पाउलान त ? यो घटना को दोसि को हो ? प्रशासन जो राति टिपर गुड्न दिन्छ ? कि प्रहरी जो दु्र्घटना गराउने सवारी साधान खोज्नै चाहदैनन् ? कि ती तमाम सर्बसाधरणजो रोजि रोटि को लागि हरेक जोखिम मोलिरहन्छन ?

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार