काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।
भारतीय आयल कर्पाेरेशनको नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउनु परेको निगमले जनाएको छ ।नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ कायम भएको छ । साथै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ । केही दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले बिहीबार पुनः बढाएको हो ।
प्रतिक्रिया दिनुहोस