२०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो


४७६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

    दुर्घटनामा मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

    घटनास्थलमै मृत्यु हुनेहरुमा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की,  ६० वर्षीय बलबहादुर कार्की,  तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ पनि रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार