२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

आमाबुबाको राम्रो हेरचाह गर्ने २४ जना सम्मानित


१९५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे : आमाबुबाको राम्रो हेरचाह गर्ने रोशी गाउँपालिकाका २४ जना असल सन्तानलाई गाउँपालिकाले “श्रवण कुमार” पुरस्कारद्धारा सम्मान गरेको छ । आफ्नो आमा बुबालाई उच्च सम्मानका साथ हेरचाह, स्याहार गरेका असल सन्तानलाई रोशी गाउँपालिकाले नगद सहित दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरेको हो ।

    रोशीको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेको श्रवण कुमार सम्मान पुरस्कार यस दशौ गाउँसभाको अवसरमा प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिइन् ।

    कार्यक्रमका अवसरका रोशी गाउँपालिका अध्यक्ष डि.बि लामाले कुनै पनि ज्येष्ठ आमा बुवा सन्तानको माया र उचित स्याहार बाट वञ्चित हुन नपरोस् भनि सन्तानलाई हौसला र प्रेरणा स्वरुप यो सम्मान गरेको बताए । उनका अनुसार आफ्ना सन्तानबाट टाढा रहेर वृद्धा आश्रममा बस्नु नपरोस् र आफ्नो सन्तानको साथमा खुशीसाथ जीवनयापन गर्न सकोस् भन्ने उदेश्यले यस कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

    गाउँपालिकाले वडा नम्बर १ बाट शान्तिमाया लामा र शान्तमाया लोप्चनलाई वडा नम्बर २ बाट सूर्यमान लामा र प्रकाश बोहोरा, ३ बाट शिवराम श्रेष्ठ, भगवान ४ बाट पेमलाल कायस्थ, ढक बहादुर मगर ५ बाट रावत लामा, सानु कान्छा लामा ६ बाट कान्छा राम तामाङ निलम महर्जन ७ बाट उमेश गौतम, राधिका मैनाली ८ बाट आमै रानी तामाङ, तेज बहादुर ठकुरी ९ बाट रित बहादुर पुलमी, पुष्पराज शाह १० बाट कृष्ण बहादुर ज्यू, प्रवलराज सापकोटा ११ बाट सन्तमान तामाङ, पूर्ण कुमारी दमिनी १२ बाट पे्रम बहादुर तामाङ्ग र सुरेन्द्र कुमार राय लाई सम्मान गरेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार