२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

नगरवासिको संरक्षण गर्नु हाम्रो दायित्व हो—वाईवा


४२९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,मण्डनदेउपुर । नागरिकको जिवन रक्षाका लागि नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा दिएको हो ।

    उक्त भनाई मण्डनदेउपुर नगरपालिकाका प्रमुख (मेयर) टोकवहादुर वाईवाले हो । मण्डनदेउपुर आधारभुत अस्पताल उद्घाटनको क्रममा मेयर वाईवाले नगरवासिको चेतना बृद्धि साथै स्वास्थ्य संरक्षण गर्ने आफ्नो दायित्व भएकोले सोही ढंगबाट अगाडी बढेको बताउनु भयो ।

    कार्यक्रममा मेयर वाईवाले ०७४ को निर्वाचनमा होमिदै गर्दा नगरवासि जनताहरुसंग आफुले गरेको वाचाहरु एक पछि अर्को गर्दै पुरा गरेको बताउनु भयो । नगरवासिहरु अव उपचारको लागि कुम्लो कुटुरो बोकेर शहर धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनु भयो । १५ रोपनि क्षेत्रफलमा फैलिएको सुबिधा सम्पन्न भवन निर्माण भएको छ, सो भवनबाट गुणस्तरीय २४ घण्टे स्वास्थ्य सेवा दिने वातावरण मिलाउने बताउनु भयो ।

    नगरपालिकाले २८ रोपनि जग्गा व्यवस्था गरी नगरको प्रशासनिक भवन निर्माण गर्ने कार्य तिब्र गतिमा बढेको छ । चैत्र महिना भित्रै नगरले प्रदान गर्ने सवै सेवा सोही भवनबाट प्रदान गर्ने बताउनु भयो । नगरवासिको हितको खातिर कार्य गर्ने आफ्नो दायित्व भएकोले निरन्तर रुपमा कार्य गर्दै जाने बताउनु भयो ।

    प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा निर्माण भएको मण्डनदेउपुर आधारभुत अस्पताल निर्माणको लागि १० करोड ५७ लाख २७ हजार ७३२ खर्च भएकोमा नगरपालिकको तर्फबाट ३ करोड २६ लाख ३९ हजार ५५१ वजेट व्यवस्था गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार