२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काँग्रेस अन्तरघातीलाई कारबाहीको माग —विज्ञप्ति सहित 


२८१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा नेपाली काँग्रेस नेता तथा कार्यकर्ताले अन्तरघात गरी आफ्नै पार्टीका उम्मेदवारलाई हराएको भन्दै काँग्रेसका कार्यकर्ताले  कारवाहीको माग गरेका छन् ।

    मण्डन देउपुर नगरपालिका वडा नं १ काँग्रेस वडा कार्यसमितिका सम्पुर्ण पदाधिकारीले हस्ताक्षर सहितको विज्ञप्ति जारी गर्दै अन्तरघातिलाई कारवाही नभएसम्म निश्किृय रहने निर्णय गरेका छन् ।

    स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा गठबन्धन पक्षधरको १८ हजार मत बढी रहेको थियो । एमालेको भन्दा गठबन्धन पक्षधरको १८ हजार मत बढी रहेको अवस्थामा समेत पार्टीभित्रैबाट अन्तरघात गरेर गठबन्धनका उम्मेदवारलाई हराउने खेल खेलेको भनि नेपाली काँग्रेस पार्टीका निष्ठावान कार्यकर्ताहरु चिन्तित भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार