२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

दोलखामा १५ गते पुन मतदान हुने


३१०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर १२, सोमबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले सोमबार दोलखाका निष्पक्ष निर्वाचन हुन नसकेका १० वटा निर्वाचन केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो ।

    मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेकाले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय छ ।

    वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी ७ (सात) वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरूको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा (१), प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा (१) बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा’ पुनः निर्वाचन गराउने निर्णय भएको आयोजले जनाएको छ । ती केन्द्रको यसअघिको मतदानलाई रद्द गर्दै पुनः मतदान मिति घोषणा गरिएको हो ।

    त्यस्तै, दोलखाकै वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पनि पुनः मतदान गर्ने आयोगले निर्णय गरेको छ । १०० मतपत्रको अधकट्टी हराएकाले त्यहाँ पुनः मतदान गर्नुपर्ने निर्णय भएको आयोगले जनाएको छ । ती निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीहरूमाथि आवश्यक कारबाहीका लागि सिफारिस गर्ने निर्णय पनि आयोगले गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार