काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन ।
भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बनेपा स्थित शिरमेमोरियल अस्पताल र धुलिखेल हस्पिटल लगिएको उनले जानकारी दिए ।
व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको एसपी जोशीले बताए । तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस