२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

 सानिमा बैंकले विपन्न विद्यार्थीको लागि छात्रवृत्ति प्रदान


२८०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष २, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । सानिमा बैंक पाँचखाल शाखाले आफ्नो कार्यक्षेत्र भित्रका गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

    सानिमा बैक पाँचखाल शाखाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्नको लागि सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा ११ जना विद्यार्थीहरूले आवेदन दिएका थिए ।

    विद्यार्थीहरूले आवेदन दिएको आधारमा बैक वाट गठित छात्रवृत्ति सिफारिस समितिले विद्यार्थीहरूको घरघरमै पुगेर अनुगमन गर्दै प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनको आधारमा आज शनिबार सिफारिस समितिको सिफारिसमा दुई जना विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् ।

    सानिमा विकास बैंक पाँचखाल शाखाका प्रमुख सुरेश घिमिरेको रोहबरमा सिफारिस समितिका सदस्यहरू ईश्वरी राजकुमार मैनाली‚ सुन्दर तमाङ‚ ध्रुव प्रसाद सेडाई र केशव प्रसाद पौडेलको उपस्थितिमा सम्पन्न बैठकबाट पाँचखाल नगरपालिका वडा नं १२ तीनघरे घर भई आजाद माध्यमिक विद्यालयमा अध्ययनरत पवित्रा दनुवार र पाँचखाल नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौँ स्थित रत्नराज्य बहुमुखी क्याम्पसमा अध्ययनरत विनोद गिरी छनोट हुनुभएको छ ।

    सानिमा बैकले उपत्यका बाहिरका जिल्लाहरूमा रहेको शाखाको कार्यक्षेत्र भित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गर्दै आएको उक्त छात्रवृत्ति बाषिर्क ५० हजार रहेको छ । जसमध्ये मासिक २ हजार शैक्षिक सामाग्रीहरू खरिदको लागि र  बाषिर्क २६ हजार शैक्षिक संस्थामा लाग्ने शुल्कमा समावेश गरिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार