काभ्रेपलाञ्चोक । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० स्थापना दिवस एवं बाषिर्क साधारण सभा एक भव्य कार्यक्रमका साथ आज शनिबार सम्पन्न भएको छ ।
सो कार्यक्रमको अवसरमा हालै सम्पन्न आम निर्वाचनबाट निर्वाचित तथा समानुपातिक तफर्का जनप्रतीनिधिहरु (प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नं १ बाट निर्वाचित सूर्यमान दोङ‚ समानुपातिक तफर्बाट प्रतिनिधिसभा सदस्य रुक्मणी बरायली‚ काभ्रे क्षेत्र नं १ प्रतिनिधि सभा १ र २ बाट निर्वाचित तीर्थ लामा र रत्न ढकाल‚ काभ्रे क्षेत्र नं २ प्रदेशसभा १ र २ बाट निर्वाचित कञ्चन चन्द्र बादे र लक्ष्मण लम्साल‚ जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरू‚
पत्रकारिता क्षेत्रलाई अँगाल्दै आउने क्रममा निर्वाचित जनप्रतिनिधिहरू सुर्यमायाँ दनुवार मधुसुदन तिमल्सिना‚ दिनेश लामा‚ साथै महासङ्घलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्ने व्यक्तित्वहरू लाई समेत सम्मान गरिएको छ ।
शाखाको ३० औं स्थापना दिवसका प्रमुख अतिथि नेपाल पत्रकार महाँसंघ केन्द्रिय अध्यक्ष विपुल पोखरेलले उद्घाटन गरी सुरुभएको उक्त उद्घाटन कार्यक्रममा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ‚ काभ्रे क्षेत्र नं १ ख बाट प्रदेशसभा निर्वाचित एवं नेपाली कांग्रेस काभ्रे सभापति तीर्थ लामा‚ काभ्रे क्षेत्र नं २ ख बाट प्रदेशसभा निर्वाचित लक्ष्मण लम्साल‚ जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार‚ पत्रकार महासंघ केन्द्रिय सचिव गोविन्द चौलागाईँ‚ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम‚ पत्रकार महासंघ पुर्व अध्यक्ष भोला थापा‚ पे्रस युनियन काभ्रे अध्यक्ष नागेन्द्र अधिकारी ‚ पे्रस चौतारी काभ्रे अध्यक्ष भुवन रायमाझी‚ पे्रस सेन्टर नेपाल काभ्रे अध्यक्ष रोजन तमाङ‚ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष सन्तोष चौलागाईँ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी बन्द्र सत्रमा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा‚ बागमती प्रदेश महासचिव कृष्ण सारू मगर ‚पत्रकार महासंघ काभ्रे निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना‚ पूर्व अध्यक्ष द्वय भोजराज तिमल्सिना र महेश पौडेल पत्रकार महासंघ सल्लाहकार नवराज बजगाईँ शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । शखाका सचिव कपिल कोइरालाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा उपाध्यक्ष विनोद न्यौपाने र बन्दसत्रमा अध्यक्ष बद्रीराज तिमल्सिनाले ले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस